अस्पताल निर्माणको विवादका कारण मेलौली नगरपालिकामा तालाबन्दी

बैतडी – अस्पताल निर्माणको विवादका कारण बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ । मेलौली नगरपालिका क्षेत्रभित्र १५ शैय्याको अस्पताल निर्माणका लागि वडा नं १ बिट्ठेनी र वडा नं ७ काँडा गरी दुई ठाउँमा जमीन रहेको छ । वडा नं ७ मा पहिलादेखि नै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले सोही ठाउँमा अस्पताल बनाउनुपर्ने माग गर्दै मंगलबार नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।

२०७० सालदेखि मेलौलीमा अस्पताल निर्माणको कुरा अघि बढेको भएपनि दुई पक्षबीच विवाद हुँदा कार्यान्वयन हुन सकेको छैन् । यो भन्दा पहिला वडा नं १ का बासिन्दाहरुले बिट्ठेनी अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेका थिए । नगरपालिकामा अस्पतालकै बिषयलाई लिएर स्थानियले तालाबन्दी गरीएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.