घाँटी रेटेर हत्या गरेएकी मायाँको परिवारलाई पञ्चेश्वर गाउँपालिकाले आर्थिक सहयोग गर्ने

अपराधिलाई कडा कारबाही गर्न माग

बैतडी– बुधबार शिवनाथ गाउँपालिका–६ मा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको परिवारलाई पञ्चेश्वर गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले पीडित परिवारलाई दुई लाख ५० हजार दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन। चाँडै मृतका परिवारलाई आर्थिक सहयोग गरिने उनले बताइन् । पञ्चेश्वर गाउँपालिकाले अपराधिलाई कडा कारबाही गर्न माग समेत गरेको छ ।

बिहीबार एक प्रेष विज्ञप्ती जारी गरेर गाउँपालिकाले माया लुहार हत्या प्रकरणका आरोपितलाई पक्राउ गरि कडा भन्दा कडा कारबाही गर्न माग गरेको हो । अमानविय घट्नाको जति निन्दा र भत्र्सना गर्दा पनि कम हुने उल्लेख गदै आवश्यक छानवीन गरि चाँडो भन्दा चाँडो अपराधिलाई कानुनी दायरमा ल्याएर कडा कारबाहीका लागि सम्बन्धित निकायलाई पालिकाले जोडदार माग गरेको छ । मंगलबार कपडा सिलाउने भन्दै भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया बुधबार शिवनाथ गाउँपालिका–६ मा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनी सँगै गएकी नेहा पनि घाइते अवस्थामा भेटिएकी थिइन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

मृतकका आफन्तले शिवनाथ गाउँपालिका ४ सोलपला घर भएका सशस्त्र प्रहरी जवान समेत रहेका भरत राम कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । कोलीको नाममा किटानी जाहेरी परेपछि प्रहरीले घट्नाको अनुसन्धान भइरहेको भन्दै उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनी अहिले फरार रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.