बैतडीमा एक युवतीको घाटी रेटि हत्या, एक घाइते !

बैतडी ; बैतडीमा एक युवतीको घाटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरीएको अवस्थामा मृत फेला परेकि छन। पञ्चेश्वर गाउँपालिका ४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो भने पञ्चेश्वर ४ कै भरत लुहारकी १५ वर्षीय छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा भटिएकी छन् ।

मृत फेला परेकी मायाको आधा घाटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । घाइते अवस्थामा भेटिएकी नेहलाई उपचारका लागि धनगढी लगिएको आफन्तले बताएका छन् । घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.