बैतडीः घरेलु तथा साना उद्योग महासघंको दनपा स्तरीय समिति गठन
असोज -१५/ घरेलु तथा साना उद्योग महासघं बैतडीकाे दशरथचन्द नगरपालिका स्तरीय नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले महासघंको दशरथचन्द नगरपालिका स्तरीय नगर समिति समेत गठन गरेको छ ।
धन बहादुर टेरको अध्यक्षतामा १० सदस्यीय नगर समिति गठन गरेको हो । यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा बिर बहादुर नाथ, उपाध्यक्षमा संगीता खत्री, महासचिबमा सुदिप चन्द, सचिबमा गणेश दत्त जोशी, कोषाध्यक्षमा अन्जु टमटा रहनु भएको छ ।
नगरपालिका भित्र रहेका उद्यमीहरुको उपस्थितिमा सम्पन्न उक्त सम्मेलनबाट गठिन नयाँ समितिको कार्य अवधि ३ बर्ष रहने बताईएको छ । उद्यमीहरुको हक हित संरक्षणका लागी उद्यमीहरुको छाता संगठनकाम रुपमा रहेको महासंघका देश भरिका सबै पालिका, जिल्ला, प्रदेश र संघ गरेर चारै तहमा समिति रहेका छन ।
बैतडी जिल्लामा अहिलेसम्म सिगास बाँहेक सबै पालिकाहरुका पालिका स्तरीय समिति गठन भईसकेको जिल्ला महासंघका बरिष्ठ उपाध्यक्ष लक्ष्मी दत्त जोशीले जानकारी दिनुभएको छ । घरेलु तथा साना उद्योग सघं पूर्व अध्यक्ष शुसिला सिह चन्दको अध्यक्षतामा सम्पन्न सम्मेलनको प्रमुख अतिथि दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र थापा रहनुभएको थियो ।
बिहिबार दशरथचन्द नगरपालिकाको सभाहलमा सम्पन्न सम्मेलनमा जिल्ला स्थीत सरकारी तथा गैर सरकारी संघ संस्थामा प्रमुख तथा प्रतिनिधिहरु लगायत राजनितिक दलका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।