बैतडीबाट प्रतिनिधि सभामा एमालेका भण्डारीको तेश्रो पटक ह्याट्रिक जित
बैतडी ; बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन् ।भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष एवं पुर्व अर्थ वाणिज्य राज्यमन्त्री समेत रहेका भण्डारी २०७० सालको संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । २०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका निर्वाचित भएका थिए । अहिले उनले बैतडीबाट लगातार तेश्रो पटक जितेर ह्याट्रिक गरेका छन् ।