बैतडीमा मतपेटिका पुर्‍याएर फर्कदै गरेको जिप दुर्घटना

बैतडी –बैतडीमा मतपेटिका पुर्याएर फर्कदै गरेको जिप दुर्घटना भएको छ । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनामा केही मृत्यु भएको हुन सक्ने बताइएको छ । अहिले घटना स्थिल तर्फ प्रहरीको टोलि गइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.