निर्वाचनलाई ध्यानमा राखेर बैतडीको झुलाघाट नाका बन्द, सुरक्षा व्यवस्था कडा
बैतडी– बैतडीको झुलाघाट नाका तीन दिनका लागि बन्द गरीएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि हिजो राती १२ बजे देखी सीमा नाका बन्द गरिएको हो ।
निर्वाचनलाई ध्यानमा राखेर बिहीवार राती १२ बजे देखि मंसिर ४ गते राती १२ बजे सम्मका लागि भारतसंग सीमा जोडिएको झुलाघाट नाका बन्द भएको प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडीमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। अन्तर्राष्ट्रिय सिमानामा सशस्त्र प्रहरीले गस्ती बढाएको छ भने जिल्लामा २५ सय सुरक्षाकर्मी निर्वाचन स्थलहरुमा खटाइएका बताइएको छ ।