बैतडीः डिलाशैनीमा बजार अनुगमन , झण्डै ५६ हजार बराबरका अखाद्य सामाग्री नष्ट

असोज- १५/ बैतडीको डिलाशैनी गाउँपालिकाका बिभिन्न बजारहरु अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समितिको संयोेजकत्वमा सरोकारबालाहरुकाे संयुक्त टाेलीले  बिहिबार गोकुलेश्वर, चौसेरा, गन्ना, पंसेरा, बागांबगर लागयतका बजारहरु अनुगमन गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री विक्रि वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका बिषयमा जानकारी दिने उदेश्यले  बजार अनुगमन गरिएको  खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जानकारी दिनुभयो ।

अनुगमनबाट ५५ हजार ९ सय ९० मुल्य बराबरका अखाद्य बस्तुहरु नष्ठ गरिएको छ । टोली बिभिन्न किराना पसलहरु, मदिरा पसलहरुमा अनुगमन गरिएको हो । लामो समय कोरोना महामारिका कारण बजारहरु बन्द हुदा अहिले दशैको मुखमा आएर अखाद्य बस्तुहरुको बिक्री बितरण हुन सक्ने भन्दै बजार अनुगमन गरिएको हो ।

घरेलु तथा साना उद्योग बिकास समिति बैतडीको संयोजकत्वमा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयल लगायत सरोकारवालाहरुको टोलीले दशैँको पुर्बसन्ध्यामा बजार अनुगमन गरिरहेको हो । टोलीले यस अगाडी जिल्लाको सुर्नया गाँउपालिका र दोगडाकेदार गाउपालिका भित्रका बिभिन्न बजारहरु पनी अनुगमन गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.