बैतडीमा भूकम्प आएपछि भाग्न खोज्दा लडेर एकजनाको मृत्यु
बैतडी – बैतडीमा भूकम्पको धक्का महसुस भएका बेला भाग्ने क्रममा घरको सिँढीबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका १ सेल्तडाका ६६ बर्षीय हरि लुहारको सिँढीबाट लडेर मृत्यु भएको हो । शनिबार राति ८ बजेर १२ मिनेटमा भुकम्प आएको र सोही बेला बाहिर भाग्ने क्रममा लडेर घाइते भएका उनको राति ११ बजे मृत्यु भएको पारीवारीक स्रोतले जनाएको छ ।
भूकम्प आएपछि भाग्ने क्रममा लुहारको मृत्यु भएपछि मृतकका परिवारलाई गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायतको टोली मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरिएको जोशीले बताए । यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउट लगायतका संघसंस्थाहरुले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको जोशीले बताए ।