बैतडीको दोगडाकेदारकी एक बालिकाको किड्नीमा समस्या, उपचारमा सहयोग गरिदिन अपिल
करुणाकर भट्ट÷ बैतडी कात्तिक ९ बैतडीको दोगडाकेदार गाउँपालिकाकी एक बालिकाको किड्नीमा समस्या हुँदा अवस्था छटपटाहट बनेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं. १ रिम, गोरङ बस्ने स्थानीय प्रकाश बिककी २ वर्षकी छोरी प्रतिभा विकको किड्नीमा समस्या हुँदा अवस्था नाजुक बन्दै गएको उनका बुबा प्रकाश विकले जानकारी दिनुभएको छ ।
किड्नीमा समस्या हुँदा अवस्था छटपटाहट बनेकी प्रतिभा विकको
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा १ महिना देखि उपचार भइरहेको छ। अब डाक्टरले अन्तै रेफर गर्नुभएको छ । आफ्नो आर्थिक स्थिति कमजोरीका कारण छोरीको अवस्था मर्नु र बाँच्नुको दोसाँधमा रहेको बिरामीका बुबा प्रकाश विकले दुःख पोख्नुभएको पत्रकार नरेन्द्र विष्टले बताए छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण छोरीको अवस्था मर्नु र बाँच्नुको दोसाँधमा रहेको र छोरीको उपचारका लागि सबैलाइ सहयोग गरिदिन पनि उहाँले अपिल गरेका छन् ।
किड्नीमा समस्या हुँदा अवस्था छटपटाहट बनेकी प्रतिभा विक सेती प्रादेशिक अस्पताल बाट ।।
सहयोगको लागि प्रकाश विकको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रहेको खाता नम्बर ०५६०१२००३३३३६००००००१ र सम्पर्क मोबाइल नम्बर ९८४८९८४६२० मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो