एबीसि कपको उपाधि डीजे वारियर्सलाई

बैतडी कात्तिक ७,बैतडीको दनपा २ देहिमाडौंमा सम्पन्न एबीसि टि–१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीजे वारियर्सले हात पारेको छ । सोमबार सम्पन्न उपाधि भिडन्तमा निङ्लाशैनी र्याजर्सलाई १८ रनले पाखा लगाउदै वारियर्सले उपाधि हात पारेको हो ।

उपाधिसंगै वारियर्सले २५ हजार र र्याजर्सले १० हजारमा चित्त बुझायो। वारियर्सले दिएको १३७ रनको लक्ष्य पन्छाएको र्याजर्सले निर्धारित १० ओभरमा ११८ रन मात्रै बनाउन सक्यो । जसमा दिपक बोहराले सर्वाधिक ४२ रन जोडे पनि टोलीलाई भने जिताउन सकेनन् । वारियर्सका विक्रम पाण्डेयले ३ विकेट हात पारे।

त्यसअघि पहिला ब्याटिङ गरेको वारियर्सले १० ओभरमा ५ विकेट गुमाएर १३६ रन बनाएको थियो। उसका लागि यज्ञराज भट्ट ले ५७ र भुवन बोहराले ४८ रनको योगदान दिए । र्याजर्सका समीर बोहराले २ विकेट लिए। प्रतियोगिताभर ९५ रन र ६ विकेट हात पारेका आयोजक डीजे वारियर्सका भुवन बोहरा म्यान अफ द सिरीज भए ।

यस्तै १७० रन बनाएका पञ्चकोटी बी का सुमित बुडाल बेस्ट ब्याट्सम्यान र फुर्के ब्वाइज बीका लागि १० विकेट हात पारेका योगेश भण्डारी बेस्ट बलर चुनिए । तिहारको उपलक्ष्यमा आशिर्वाद बेकरी एन्ड क्याफेको आयोजनामा कात्तिक १ गतेदेखि प्रतियोगिता शुरू भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.