बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
बैतडी ; बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुचौँडी नगरपालिका १० महरा गाउँ ठुलाशैनाका अन्दाजी ५० बर्षिय पठान सिहँ महाराको खर काट्ने क्रममा सतुराडी भिरबाट लडेर आज आईतबार बिहान ६ बजेको समयमा मृत्यु भएको मृतका भतिजा सुनिल महराले जानकारी दिए ।
उनि सतुराडी भिरबाट २५० सय मिटर तल खसेका थिए उनको घटना स्थलमै मृत्यु भएको हो । उहाँका परिवारमा श्रीमती, ३ छोरी र दुुइ छोरा रहेका छन् ।