बक्तृत्वकला प्रतियोगितासम्पन्न पार्वती बोहरा प्रथम
बैतडी कात्तिक ४ नेपालीहरुकको महान चाड दिपाबलीका अवसरमा दशरथचन्द नगरपालीका २ देहिमाण्डौमा बक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । निङगलासैनी बाल क्लवको आयोजना तथा दशरथ चन्द नगरउपालीका वाड नं. २ को सहयोगमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । निङगलासैनी बाल क्लवका अध्यक्ष प्रकाश बोहराको अध्यक्षता प्रमुख अतिथि दशरथ चन्द नगरपालीका उप प्रमुख कौशिला चन्द, विशिष्ट अतिथि द न पा वाड नं.२ वडा अध्यक्ष सुर्य बहादुर बोहरा , विशिष्ट अतिथी सामाजीक विकास शाखा प्रमुख बिनोद चन्द , वडा सदस्य राजेन्द्र बोहराको आथित्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा पार्वती बोहरा प्रथम हुनुभएको छ भने दितिय, निशा लाबड तृतिय, भुवन लाबड सान्तोनाः उमेश बडु हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तीतृय र सान्तवना हुनेलाई क्रमश नगद २०००, १५००, १०००, र ५ सय प्रदान गरिएको आयोजकले जनाएको छ ।
निङगलासैनी बाल क्लवको आयोजनामा “ सस्कृती जोगाउनुमा बालबालिकाको भूमिका” विषयमा वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको हो । प्रतीयोगीतमा १८ बर्ष मुनीका बालबालीकाहरुको सहभागीता रहेको जनाएको छ ।