बैतडीको एक विद्यालयमा चोरी गरेको आरोपमा दुई जना पक्राउ

बैतडी ;  बैतडीमा एक विद्यालयमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लोको दशरथचन्द नगरपालिका –१ स्थित मणिलेक माध्यामिक विद्यालय गुरुखोलामा गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

चोरीको आरोपमा दशरथचन्द नगरपालिका वडा नं –४ का २० बर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ बर्षीय खेमराम तिरुवालाई पक्राउ गरि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । । दुवै जनाले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा समेत ल्यापटप चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको छ

सम्बन्धित

Leave A Reply

Your email address will not be published.