बैतडीमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते !

बैतडी –बैतडीमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । बिहीबार गोकुलेश्वरबाट धामीगाउँ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १३७९ नम्बरको जिप लेट्ठेकोट भन्ने स्थानमा बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरी चौकी गोकुलेश्वरले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा घाइते हुनेमा डिलाशैनी गाउँपालिका ७ का २२ बर्षीय जीप चालक महेशराज जोशी, सोही ठाउँका ७० बर्षीय नारायणदत्त जोशी, ५४ बर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ वाणीका ३५ बर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ बर्षीय मदनराज जोशी र ६ बर्षीय कपिलराज जोशी रहेका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट ८० मिटर तल खसेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.