बैतडीः विद्यार्थी पढाउन टोलटोलमा शिक्षक

असोज -१५ / बैतडीका सामुदायिक विद्यालयहरुले टोल शिक्षा कार्यक्रम सञ्चालन गरेका छन । जिल्लाको डिलाशैनि गाउँपालिका वडा नं ६ अन्तरगतकको निङ्गलाशैनी आधारभुत विद्यालयले शिक्षकहरुलाई टोलटोलमा खटाएर विद्यार्थीहरुको पठनपाठन कार्य सुचारु गरेको हो ।

कोरोना संक्रमणको डरले विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर पढाउन सकिने अवस्था नभएपछि टोल शिक्षा कार्यक्रम लागु गरेर पठन पाठन सञ्चालन गरिएको डिलाशैनि गाउँपालिका वडा नं ६ को निङ्गलाशैनी आधारभुत विद्यालयका प्रधानाध्यापक दत्त राज जोशीले जानकारिदिनुभयो । सिकाइ सहजिकरण कार्यका लागि एक हप्ते कार्यातालिका बनाएर र टोलमै गएर विद्यार्थीहरुलाई पढाउन थालिएको उहाँको भनाई छ ।

निङ्गलाशैनी आधारभुत विद्यालयले पाडि र ने गाउँटोलमा शिक्षकहरुलाई परिचाल गरेर अध्यापन कार्य गरिहेको हो । आफुहरु समाजिक दुरि कायम गरेर टोलटोलमै गएर अध्यापन कार्य गरिहेका प्रधानाध्यापक जोशीले बताउनुभयो । यस्तै जिल्लाको पञ्चेश्वर र शिबनाथ गाउँपालिकामा विद्यालय सञ्चालनमा रहेका छन् ।

कोरोनाका सकृय संक्रमित कमभएका सो पालिकाहरुले असोज ४ गतेबाट पठनपाठन सञ्चालन गरेका हुन । यस्तै अन्य पालिकाले पनि सरकारले जारी गरेको निर्देशिकामा टेकेर शिक्षण सिकाईको कामलाई अगाडी बढाउन छलफल भइहरेका बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.