बैतडीको पञ्चेश्वरमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एमालेमा प्रवेश
बैतडी ; नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एवं लामो समय माओवादी आन्दोलनका सक्रिय २०५६ साल देखि दलितमुक्ति मोर्चा का केन्द्रीय सदस्य कैलाश दयाल ( केशब)ले एमाले प्रवेश गरेका छन् ।
शनिबार आज पञ्चेश्वर गाउपालिका ६ जेबलकट्टेमा सम्पन्न एमाले बैतडी प्रदेश (ख)को चुनावी प्रचारप्रसार तथा बस्ती भेटघाट कार्यक्रममा कैलाश सहित नेपाली कांग्रेसका क्रियाशिल सदस्य एंव जैपुर माध्यामिक बिद्यालयका विव्यस अध्यक्ष जनक चन्द, माओवादी जेबलकट्टे टोल कमिटि अध्यक्ष गोरख राम पार्की र अन्य नेता कार्याकर्ता एमाले प्रवेश गरेका एमाले दशरथचन्द नगर कमीटी सचिव मनोज बोहराले जानकारी दिए । नवप्रबेशी हरुलाइ सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद एवं प्रदेश सभा क्षेत्र नं २ सदस्य पदका उम्मेदवार लिलाधर भट्ट लगायतका नेताहरुले स्वागत गरेका छन् ।