सत्ता गठबन्धनको पत्रकार सम्मेलन ः बैतडीमा गठबन्धनले चुनाव जित्ने दाबी
बैतडी असोज २९ सत्ता गठबन्धनले बैतडीमा चुनाव जित्ने दाबी गरेको छ । लोकतान्त्रिक –बाम गठबन्धनले गरेका निर्णयका बारेमा जानकारीको बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लोकतान्त्रिक –बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर)ले गठबन्धन अहिलेको आवश्यकता भएको दाबी गरे
र गठबन्धनका तर्फबाट बैतडी क्षेत्र नं.(क)का उम्मेदवार बिरबहादुर बिष्टले देशमा संकट उत्पन्न भएको समयमा राजनीतिक दलहरुबीच गठबन्धन हुने र अहिले व्यवस्था र संविधान जोगाउन गठबन्धन गरिएको प्रष्ट पारे । उनले आफू पार्टीको आधिकारिक उम्मेदवार भएकाले नेपाली कांग्रेसका नेता, कार्यकर्ता अलमलमा नपर्ने बताए ।
यस्तै बैतडी क्षेत्र नं. (ख) का उम्मेदवार शिवराज भट्टले आफू जनताको सेवा गर्न चुनावी मैदानमा होमिएको बताए । पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गर्दै राजनीतिमा आएकाले नागरिकले आफूलाई मत दिने उनले बताए ।
पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवारहरुले अहिले देशको संविधानको रक्षा र प्रणालीको रक्षाका लागि गठबन्धनका पक्षमा मतदान गर्नुपर्नेमा जोड दिएका छन् । देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र संघीय लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन आफूहरुको उम्मेदवारी रहेको गठबन्धनका उम्मेदवारहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले गठबन्धनका पक्षमा सिंगो पार्टी एक भएर लागेको उनको भनाइ छ।