नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भण्डारी एमालेमा प्रवेश
बैतडी ; नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एवं बुद्धिजीवी संगठन का केन्द्रिय सदस्य राज बहादुर भण्डारीले एमाले प्रवेश गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद एवं प्रदेश सभा क्षेत्र नं २ सदस्य पदका उम्मेदवार लिलाधर भट्ट र प्रदेश समानुपातिक उम्मेदवार भरत मडै को चुनावी प्रचारप्रसार कार्यक्रम अन्तरगत आज भण्डारी सहित नेपाली कांग्रेस र माओवादी बाट दर्जन बढी नेता कार्याकर्ता एमाले प्रवेश गरेका एमाले दशरथचन्द नगर कमीटी सचिव मनोज बोहराले जानकारी दिए । नवप्रबेशी हरुलाइ लिलाधर भट्ट , भरत मडै लगायतका नेताहरुले स्वागत गरेका छन् । आज पहिलो दिन देबभुमी ग्वाल्लेक बाट चुनावी प्रचारप्रसार कार्यक्रम सुभारम्भ भएको छ ।