निङ्गलाशैनी भगवती मन्दिरमा भोलिदेखि जात्रा ; देहीमाण्डौं क्षेत्रमा मदिरा निषेध

बैतडी – हरेक बर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा राँगाको बलि सहित लाग्ने जात्रा यो वर्ष पनि भोलि आइतबार बाट शुरु हुने भएको छ । बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा जात्रा शुरु हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए ।

राँगाको बलि सहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगा पुर्याउने चलन रही आएको छ । महाष्टमीका दिन राँगाको बलि सहित मन्दिरमा जात्रा हुने गरेको छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकोले जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेका छन् ।निङ्गलाशैनी भगवती मन्दिरमा भोलि र पर्सी लाग्ने मेलाको तयारी पूरा भइसकेको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए ।

जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेला अवधिभर देहीमाण्डौं बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र विक्रि र खुल्ला दिशा पिसा गर्न रोक लगाइएको निङ्गलाशैनी भगवती चाडपर्व मेला व्यवस्थापन समितिका अध्यक्ष भान बहादुर बोहराले जानकारी दिए ।उहाँका अनुसार मदिरा बेचबिखन ओसारपोसार गरीएको र,जुवातास खेलेको वा खेलाएको पाइएमा रु ५हजार, मदिरा सेवन गरी होहल्ला गरीएको पाइएमा रु २ हजार  र खुल्ला दिशा पिसाव गरको पाएमा रु १ सय जरीवाना तोकिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.