बैतडीको मेलौलीमा कांग्रेस वडा सभापति चन्द सहित दर्जनबढी नेताकार्यकता एमालेमा प्रवेश !
बैतडी । बैतडीको मेलौली नगरपालिकामा शनिबार बिभिन्न पार्टी परित्याग गरी दर्जन नेताकार्यकताले एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले शुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं निवर्तमान संघिय सांसद दामोदर भण्डारी र एमाले केन्द्रिय कमीटी सदस्य ,बैतडी जिल्ला सह इन्चार्ज एवं निवर्तमान प्रदेश सांसद लिलाधर भट्ट सहितको बस्ति भेटघाट कार्यक्रममा नेपाली कांग्रेस मेलौली नगरपालिका वडा नं २ कावडा सभापति भान बहादुर चन्द , एकीकृत समाजवादीका मेलौली नगर सचिव किशोर भट्ट लगाएत बिभिन्न पार्टीका दर्जन नेता कार्यकता एमालेमा प्रवेश गरेका हुन ।
कांग्रेस मेलौली –२ कावडा सभापति चन्द २०५४ सालका निर्वाचित गाविस अध्यक्ष हुन भने २०७४ सालको निवाएचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेद्धार समेत हुन । आज शनिबार पार्टी प्रवेश गरेका चन्द सहित बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका सबैलाई एमाले शुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी , एमाले केन्द्रिय कमीटी सदस्य,बैतडी जिल्ला सह इन्चार्ज एवं निवर्तमान प्रदेश सांसद लिलाधर भट्ट र पार्टी केन्द्रिय निर्वाचन विभाग सदस्य एवं केन्द्रिय सल्लाहाकार कमिटी सदस्य मोहन थापाले स्वागत गरेको एमाले दशरथचन्द नगर कमिटिका सचिव मनोज बोहराले जानकारी दिए ।