बैतडीमा कोरोना संक्रमितको सङ्ख्या ४ सय १० पुग्यो

असोज -१५/ बैतडीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार कोरोना संक्रमण पुष्टि हुनेमा जिल्लाको सुर्नया गाउँपालिका वडा नं ५ का एक पुरुष रहेका जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारिदिनुभएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४८ जनाको स्वाँब परीक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार १ सय ४७ जनाको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यो संगै बैतडीमा कुल कोरोना संक्रमितको सङ्ख्या ४ सय १० पुगेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.