बैतडीको पाटनमा सम्पन्न पिपिएल क्रिकेटको उपाधी बिडिपिआईले जित्यो !

बैतडी ; बैतडीको पाटनमा सम्पन्न दोश्रो संस्करणको पाटन प्रिमियिर लिग पिपिएल–२० को उपाधि भिमदत्त बहुप्रबिधिक शिक्षालय बिडिपिआईले जितेकोे छ । पाटन क्रिकेट क्लबको आयोजनामा पाटन ६ मा रहेको कृष्ण माध्यामिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा ग्वाल्लेकलाई ४ विकेटले हराउदै बिडिपिआईले उपाधी हातपारेको हो ।

ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष लिएर मैदानमा उत्रिएको भिमदत्त बहुप्रबिधिक शिक्षालयले १८.४ बलमै लक्ष भेट्टायो । बिडिपिआइका सुमित बुडालले १२८ रनको उत्कृष्ट सतकिय पारी खेले । बुडालले १७ छक्का र ३ चौका हिर्काएका थिए । बिडिपिआईका धर्मा कोलियाले २१ रनको योगदान दिएका थिए । टस जितेर ब्याटिङ गरेको ग्वाल्लेक क्रिकेट क्लबले निर्धारित २० ओभरको समाप्तीमा ५ विकेटको क्षतीमा २०२ रन बनाएको थियो । उपाधी जितेको बिडिपिआईले नगत १ लाख ११ हजार १११ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी द्धितिय स्थान हासिल गरेको ग्वाल्लेक क्रिकेट क्लबले नगद ५५ हजार ५५५ रुपैयासहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषीत भएका छन् । बोहराले ११ हजार १११ म्यान अफ द सिरिज बाफत र बेस्ट ब्याट्सम्यान घोषित भए वाफत ५ हजार ५५५ रुपैया नगदगरी १६ हजार ६६६ रुपैया नगतसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट बलिङ गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक जोशी बेस्ट बलर घोषीत भएका छन् । उनले ५हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.