बैतडीको मणिलेक माध्यामिक विद्यालय गुरुखोलामा चोरी !

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ स्थित मणिलेक माध्यामिक विद्यालय गुरुखोलामा चोरी भएको छ । शुक्रबार राति विद्यालयको मूल ढोका तोडफोड गरी विद्यालयको ल्यापटप र एकथान कम्प्युटर चोरी भएको विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले बताए ।

चोरले विद्यालयको अफिस भित्र रहेका विद्यालयका ५ ओटा दराज तोडफोड गरेर कागजपत्र नष्ट गरिएको छ । विद्यालयमा ५ लाख जतिको चोरी भएको छ भने महत्वपूर्ण कागजपत्र नष्ट गर्दा समस्या भएको प्रधानाध्यापक भट्टले बताए । विद्यालयमा कसले चोरी गरेको हो भन्ने कुरा खुलेको छैन् ।  विद्यालयमा चोरी भएको भन्ने जानकारी आएको र चोरी गर्नेको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । विद्यालयमा चोरी भएसंगै विद्यालयको खातापाता लगायतका अन्य महत्वपूर्ण सामग्रीहरु हराएका छन्

सम्बन्धित

Leave A Reply

Your email address will not be published.