बैतडीको दशरथचन्दको शिक्षा शाखामा बालविकास सहजकर्ताले गरे तालाबन्दी

बैतडी ; बढेको तलब नपाएको भन्दै आन्दोलित भएका नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत बालविकास सहजकर्ताहरुले बैतडीको दशरथचन्द नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका छन्।

बालविकास सहजकर्ता मञ्जु भट्टले गएको वर्ष बढेको तलब नपाएकोमा यो वर्ष पनि नगरपालिकाले तलब दिन आनाकानी गरेपछि शुक्रबार तालाबन्दी गरेको बताइन्। माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन्। गत वर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भएपनि अहिलेको नगर सरकारले त्यो सुविधा समेत कटौती गरेकोले आन्दोलन गरिएको अर्की बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन्। दशरथचन्द नगरपालिकाभित्र ७१ जना बालविकास सहजकर्ता रहेका छन्।

माग पूरा नभए आइतबार नगरपालिकामा समेत तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन्। आफूहरुका मागका विषयमा नगर सरकारले सुन्नै नचाहेको बालविकास सहजकर्ताहरुले बताएका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.