फस्फोराइट खानीको विस्तृत अध्यन गर्न भुगर्भविदको टोली बैतडीमा
असोज- १४/ फस्फोराइट खानीको विस्तृत अध्यन गर्न भुगर्भविदको टोलि बैतडी पुगको छ । फस्फोराइट खानीको विस्तृत अध्ययन गर्न खानी तथा भूगर्भ विभागका वरिष्ठ भू गर्भविद कुमार खड्का भुर्गभविद सुजन देवकोटा सहितको विज्ञ तथा प्राविधिकको टोली बैतडी पुगेको हो ।
काठमाडौंबाट १२ गते जिल्ला पुगेको भुगर्भविदको टोलिले अध्यन समेत शुरु गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्किले जानकारिदिनुभएको छ । वडा नं ७ को बसरा भन्ने स्थानमा टोलि अध्यन गरिरहेको वडा नं ७ का अध्यक्ष भरत महराले बताउनुभएको छ । “भुगर्भविदको टोलि दोगडाकेदार ७ को बसरमा टेन्ट स्थापना गरेर बसेको छ ।” “ उहाँले भन्नुभयो बसरमा टोलीले अध्यन पनि थालि सक्यो । ”