बैतडीमा बस दुर्घटना !
बैतडी; कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको हो । जिल्लाको पाटन नगरपालिकाको खोड्पे बजार नजिकै बस अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।