बैतडीमा छोटो दुरीमा चल्ने सवारी साधनमा आजदेखि नयाँ भाडादर लागू

बैतडी – सोमबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको सर्वपक्षीय बैठकले जिल्लमा छोटोदुरीमा चल्ले सवारी साधनका लागि कायम गरेका नयाँ भाडादर आजदेखि लागू भएको छ ।

नयाँ भाडादर आजदेखि लागु गरीने र यसको अनुगमन पनि भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । बैतडीमा छोटो दुरीका सवारी साधनमा मनोमानी भाडा लिएको बिषयमा व्यापक जनगुनासो आएपछि नयाँ भाडादर कायम गरिएको हो । अब भाडादर भन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुने उनले बताए ।

साथै छोटो दुरीका सवारी साधनका सञ्चालकहरुले यात्रुहरुलाई अनिवार्य रुपमा टिकट दिनुपर्ने छ । यात्रुहरुलाई पनि टिकट माग्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । र जिल्लाका कच्ची सडकहरुमा प्रतिकिलोमिटर १० रुपैंयाका दरले मात्रै भाडा लिन पाइने निर्णय भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.