बैतडीमा खर काट्न गएका युवकको भिरबाट लडेर मृत्यु

असोज -१४/ बैतडीमा भिरबाट लडेर एक जना युवकको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं २ धौलाडिका २३ वर्षिय हरिभान धामिको भिरबाट लडेर ज्यान गएको स्थानिय गोपाल सिहँ धामिले जानकारिदिनुभएको छ । बुधबार ११ बजेतिर वडा भित्रै कुलीवान भिरबाट लडेर धामिको घट्ना स्थलमै ज्यानगएको उहाँको भनाई छ ।

आफ्नी आमा संगै खरकाट्न गएका बिरभानको खर काट्ने बेला हात काटिएको र हातबाट रगत बगेपछि एक्कासी बेहोस भएका उनको भिरबाट लडेर ज्यान गएको पारिवारिक स्रोतलाई उदृत  गर्दै स्थानिय गोपाल सिहँ धामिले बताएका छन । बैतडीमा वर्षेनि भिरबाट लडेर नागरिकहरुले अकलामै ज्यान गुमाउने गरेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.