राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा चन्द

बैतडी – राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा महेन्द्र चन्द चयन भएका छन् । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बैतडीको सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनले जिल्ला अध्यक्षमा चन्द सहित संघको उपाध्यक्षमा रमेश बिष्ट, सचिवमा मनोज बोहरा, सहसचिवमा मदन अवस्थी र जीवन जोशी, कोषाध्यक्षमा विरेन्द्र पाण्डेय लगायत अन्य ६३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन गरेको राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले बताए ।

जिल्ला अधिवेशन आयोजक कमिटिका संयोजक सूर्यबहादुर बोहराको अध्यक्षतमा भएको अधिवेशन उद्दघाटन सत्रमा युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज बिष्ना चन्द प्रमुख अतिथी रहेकी थिइन् ।

उद्घाटन सत्रमा एमाले केन्द्रिय सदस्य एवं जिल्ला सहइन्चार्ज लिलाधर भट्ट र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी बिशिष्ट अतिथी रहेका थिए । अधिवेशनमा पार्टीका नेता, युवा संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.