दार्चुलामा जिप दुर्घटना ; पाँच जनाको मृत्यु , पाँच जना घाइते

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जिप बुधबार दिउँसो शैल्यशिखर नगरपालिका वडा नं ६ उल्लानीमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र एक १ महिला रहेका छन् । अन्य दुई जना पुरुष, ३ जना महिला र चालक पनि घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।
अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा भर्खरै पुगेको र उद्धारको कार्य चलिरहेकोले घटनाको क्षतिबारे एकिन विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.