बैतडीमा नयाँ डीएसपी हाजीर

साउन ३०बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी प्रमुख पदका लागि सरुवा भएर आउनु भएका प्रहरी नायव उपरिक्षक (डीएसपी)प्रेम बहादुर शाही जिल्ला प्रहरी कार्यालयमा बैतडीमा हाजिर भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा आज उनको स्वागत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट बैतडीको प्रहरी प्रमुखमा सरुवा भएर आउनु भएका  शाहीको स्वागत गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनु भएको छ । जिल्ला प्रहरीकार्यालयको वस्तुस्थितिको जानकारी समेत लिई आन्तरिक सुरक्षा व्यवस्था सुधृढ बनाई अपराध नियन्त्रण, विपद् व्यवस्थापन, लगायतका कार्यहरु सक्षमतापूर्वक निर्वाह गर्न प्रहरी प्रमुख प्रेम बहादुर शाहीले बताएका छन

सम्बन्धित

Leave A Reply

Your email address will not be published.