सिद्धेश्वर मावि हुक्केडाँडा तीनतारे घोषणा
बैतडी साउन २८/बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडा तीनतारे घोषणा भएको हो। साउन २८ गते शनीबार एक कार्यक्रमकाबीच विद्यालयलाई तीनतारे घोषणा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउन भएको छ।
तीनतारे विद्यालयका लागि आवश्यक सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सांसद प्रेमप्रकाश भट्ट( आदित्य) प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा बिशिष्ट अतिथी रहेका थिए ।
विद्यालयमा खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनवारी स्वच्छता व्यवस्थापन लगायतका १० ओटा सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको हो थयो।
विद्यालयलाई तीनतारे घोषणाका लागि युनिसेफ नेपालको आर्थिक सहयोगमा रुडेस बैतडीले पनि प्राविधिक सहयोग गरेको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
विद्यालयलाई नमूना बनाउने अभियान जारी रहेको समेत अध्यक्ष भाटले बताएका छन।