पाटन नगरपालिकाको निर्णय, महिला मात्रै अनिवाय उपभोक्ता समिति अध्यक्ष बन्न पाउने

बैतडी साउन २६  । बैतडीको पाटन नगरपालिकाले नगरपालीका भित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ ।

‘योजनाको अधिकम लाभग्राही महिला नै हुन्छन् । बर्थिंग सेन्टर , सिचाई खानेपानी अन्य योजनामा त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् ।उपभोक्ता समिती गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए । यसका साथै महिला इमान्दरीताका साथ काम गर्छन् । चैत मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपझोक्ता समितिलाई भुक्तानी समेत नदिने उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.