सिद्धेश्वर माविले प्रथम त्रैमासिक परीक्षा संचालन गदै !

बैतडी । पाटन नगरपालिका वडा नं. ९, सिद्धेश्वर हुक्केडाँडा स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयले शुक्रबार देखी शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिक परिक्षा संचालन भएको छ । जिल्लाका अधिकांस विद्यालयहरुमा बर्षे बिदा भएको छ, तर उक्त विद्यालयले भने नियमित विद्यालयको पठनपाठन गराउदै आईरहेको विद्यालयका प्रधानाध्यापक शिवराज भट्टले जानकारी गराए ।

कोभिड १९ महामारिका कारण विद्यालयको शैक्षिक सत्र पर धकेलिएको र बार्षिक पढाई हुने दिन नपुग्ने भएकाले बालवालीकाको पढाई लाई मध्यनजर गर्दै बर्षेबिदा नगरिएको उहालले बताए ।वि.स. २०१८ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १० सम्मको पढाई भईरहेको छ भने शैक्षिक २०७९ मा २७० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको भट्टले बताउन बताए । बालवालिकाको पढाई संग संगै जिवन उपयोगि सिप विकास गरि रोजगारीमुलक शिक्षालाई प्राथमिकता दिदै आई रहेको सिद्धेश्वर माविले यहि श्रावण २२ गते देखि आफ्नै आयोजनामा बालबालिकाहरुका लागि चुरा पोते माला बनाउने तालिम संचालन गर्ने तयारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ ।

पाठ्क्रममा पढाई हुने विभिन्न व्यवसायिक र रोजगारी मुलक शिक्षालाई प्रयोगात्मक रुपमा विद्यार्थीहरु लाई सिकाउर्दै आईरहेको यस विद्यालयले तिहार लाई लक्षित गर्दै मैनबत्ती उत्पादन गर्ने, मकैको खोष्टाबाट चकटि निर्माण गर्ने, विद्यालयमै च्याउँ खेती तरकारी तथा फलफूल खेति गर्दै आईरहेको विद्यालय श्रोतले बताएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.