कोरोना कहरः बैतडीका दुई स्थानियतह सिल

आसोज -१४/ बैतडीका दुई नगरपालिकाले नगर क्षेत्र सिल गरेका छन । आम नगरबासीहरुलाई कोरोना संक्रमण हुन बाट बाचाउँन जिल्लाको पुर्चौडी नगरपालिका र मैलौली नगरपालिकाले नगरक्षेत्र सिल गरेका हुन ।

पुर्चौडी नगरपालिकाले कोरोना संक्रमित युवकको ज्यान गएपछि अनिश्चितकालका लागि नगरक्षेत्र सिल गरेको छ भने मैलौलि नगरपालिकाले पनि मेर र उपमेयर चढ्ने गाडि चलाउने चालकमा कोरोना पुष्टि भएपछि नगरक्षेत्र सिल गरेको हो ।

पुर्चौडी नगरपालिकाले यहि आसोज ११ गते देखि नगरपालिका सिल गरेर सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ भने मैलौलि नगरपालिकाले मंगलबार बाट यहि असो १७ गते राति १२ बजे सम्म लागु हुने गरि नगरपालिका भित्र अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा बन्द गरेको हो ।

दुवै नगरपालिकामा एक वडाबाट अर्काे वडामा आवागमन बन्द गरिएको छ । नागरिकहरुको जीवन रक्षाका लागि नगरक्षेत्रहरु सिल गरिएका हुन ।

नगरपालिकाहरु सिल भएपछि नगरपालिका बाट प्रदान हुने सम्पूर्ण सेवा बन्द भएका छन । पुर्चौडी नगरपालिकामा हाल सम्म २० जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको कोरोना संक्रमितको मृत्यु भइसेकेको छ ।

पुर्चौडी नगरपालिकामा ९ जना कोरोनाका सक्रिय संक्रमित एक्टिभ केस रहेका छन यस्तै मैलौली नगरपालिका भित्र ३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । मैलौलीमा २ जना कोरोनाका सक्रि संक्रमित हरेका छन भने  बाँकि सबै डिस्चार्ज भइसकेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.