भारतको हैदराबादमा हुने भलिबल प्रतियोगिताको उद्घाटन समाजसेवी बैतडीका क्वालिटिले गर्ने

बैतडी असार ३२  भारतको हैदराबादमा भलिबल प्रतियोगिता हुने भएको छ, पत्ताल भुमेश्वर युवा जागरण मन्च र तेलङ्खना नेपाली संगमको सयुक्त आयोजनामा जुलाइ १९ तारिक भलिबल प्रतियोगिता हुने भएको छ।
उक्त खेल उद्घाटनका लागि प्रमुख अथितीको रुपमा समाजसेवी तथा युवा उद्धमी बैतडीका भोज राज जोशी (क्वालिटि) हैदराबाद जाने भएका छन । पछिल्लो समय समाजिक काममा निकै सक्रिय क्वालिटि पिडितहरुलाइ पनि सहयोग गर्दै आएका छन । क्वालिटि बैतडी दोगडाकेदार गाउपालीकाका बासिन्दा हुन।
साथै प्रतियोगिता बिशिस्ट अतिथिमा ट्याक्स नेपालका प्रबन्धक निर्देशक तथा समाजसेवी युवा प्रकाश जोशीको पनि उपस्थिति रहने छ।
खेलको अवसरले भेट घाट हुने र नेपाली –नेपाली बिच राम्रो सम्बन्ध स्थापना भएर अप्ठेरो बेलामा सहयोग पुग्ने पताल भुमेश्वर युवा जागरण मञ्चका अध्यक्ष बिनोद बिष्टले बताए

सम्बन्धित

Leave A Reply

Your email address will not be published.