बैतडीः दोगडाकेदारका खोचलेक र सिल्लेगाडा बजारमा अनुगमन

बैतडी–असोज १४ / बैतडीको दोगडाकेदार गाँउपालिका भित्रका खोचलेक र सिल्लेगाडा बजारमा मगंलबार अनुगमन गरिएको छ । जिल्लाका बिभिन्न सरोकारवालाहरुको संयुक्त बजार अनुगमन टोलीले खोचलेक र सिल्लेगाडा बजार अनुगमन गरी २६ हजार बढीका अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरेको छ । बिभिन्न किराना पसल, होटेलहरु र मदिरा पसलहरुमा अनुगमन गरी लेबल नभएका र म्याद नाघेका २६ हजार८ सय ४७ मुल्य बराबरका बिभिन्न तरल पदार्थ तथा जगंफुटहरु नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जानकारी दिनुभयो ।

यस्तै सोमबार टोली जिल्लाको मेलौली नगरपालिकाका बिभिन्न बजारहरु अनुगमन गरी ३५ हजार बढीका अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरेको उहाले जानकारी दिनुभएको छ । नगरपालिकाको सलेना, बागगोठ र लामालेक बजारका बिभिन्न किराना पसल, मदिरा पसल तथा होटलहरुमा अनुगमन गर्दा ३५ हजार २ सय १० मुल्य बराबरका अखाद्य सामान नष्ट गरिएको हो । घरेलु तथा साना उद्योग बिकास समिति बैतडीको संयोजकत्वमा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयल लगायत सरोकारवालाहरुको टोलीले दशैँको पुर्बसन्ध्यामा बजार अनुगमन गरिरहेको हो । टोलीले यस अगाडी जिल्लाको सुर्नया गाँउपालिका भित्रका बिभिन्न बजारहरु पनी अनुगमन गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.