बैतडीः पाटन नगरपालिका द्वारा प्रेस विज्ञप्ती, छानबिन समितिको प्रतिवेदन प्रमाण विहिन भएको दावि

असोज -१३ /बैतडीको पाटन नगरपालिकाले छानबिन समितिको प्रतिवेदन माथि घोर आपत्ति जनाएको छ । छानविन समितिले प्रस्तुत गरेको प्रतिवेदन जनप्रतिनधिहरुको व्यक्तीगत चरित्र हत्या गर्ने शैलिमा प्रस्तुत भएको भन्दै नगरपालिकाले प्रेष विज्ञप्ती जारि गरेर घोर आपत्ती जनाएको हो । नगरपालिकाले छाविन समितिलाई ७ दिन भित्र असुल उपर गर्नुपर्ने बुदाहरुमा तथ्य प्रमाण पेश गरि स्पष्टिकरण दिन माग गरेको छ । यस्तै यहि असोज ९ गते छानविन समितिले सार्बजनिक गरेको प्रतिवदेन र प्रमाण विहिन रहेको आरोप लगाएको छ ।

हचुवाको भरमा प्रतिवेदन प्रस्तुत गरि कर्मचारी र जनप्रतिनिधिहरुको चरित्रहत्या गर्न खोजेको नगरपालिकाका नगर प्रमुख केशब बहादुर चन्द द्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ । व्यापक आर्थिक अनियमितिता भएको भन्ने प्रमाण विहिन प्रतिवेद प्रस्तुत गरि आम नागरिकहरुलाई भड्काउने प्रयाश गरिएको भन्दै नगरप्रमुख चन्दले कानुन विपतिर कुनै आर्थिक अनियमितता भएको पाइएमा सत्यतथ्य छानविन गरि कार्बाहि गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पाटन नगरपालिकामा गठित छानबिन समितिले ५३ लाख बढी अनियमितता भएको प्रतिवेद सार्वजनिक गरेको थियो । नगरसभा सदस्य भिमदत्त भट्टको संयोजकत्वमा गठित छानबिन समितीले असोज ९ गते प्रतिबेदन सार्वजनिक गर्दै नगरपालिकाले ५३ लाख १५ हजार ७ सय २१ रुपँया अनियमितता भएको देखाएको थियोे । अहिले छानबिन समितिले सार्वजनिक गरेको प्रतिबेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले नियन्त्रण्मा लिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.