खोलामा बगेर बालक बेपत्ता

बैतडी ।  कैलालीको एक खोलामा बगेर एक बालक बेपत्ता भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–६ धरमपुरमा रहेको गौकन्द्री खोलामा बगेर धनगढी उपमहानगरपालिका–१९ जे गाउँका ११ वर्षीय निखिल बिक बेपत्ता भएका हुन् ।

मामाघर गएका बेला खोलामा पौडी खेल्ने क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बालकको खोजी कार्य भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.