नेपाल रेडक्रस सोसाईटी बैतडी शाखाका मन्त्री भण्डारीमाथी छानबिन र कार्बाहीको माग
बैतडी–असोज १३ / नेपाल रेडक्रस सोसाईटी बैतडी शाखाका मन्त्री रमेश सिह भण्डारीमाथी छानबिन गरी कार्बाहीको माग गर्दै पञ्चेश्वर गाँउपालिकाले जिल्ला प्रशासन कार्यालय बैतडीमा निबेदन दर्ता गरेको छ । रेडक्रस जस्तो तटस्थ, परोपकारी, मानब सेवा गर्न गठित संस्थाको आडमा राजनितिक गतिबिधि सञ्चालन गरेको, रेडक्रसको स्रोत साधनहरुको प्रयोग गरी नेपाली काङग्रेसको प्रसार प्रसार गरेको लगायतका आरोपहरु लगाउदै गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दले जिल्ला प्रशासन कार्यालय बैतडीमा निबेदन दिएका हुन । मन्त्री भण्डारीले अमेरिकन रेडक्रस सोसाईटीको सहयोगमा पञ्चेश्वर गाँउपालिका र अन्य स्थानिय तहहरुमा संचालित कार्यक्रममा आर्थिक अनियमितता गरि पदको दुरुपयोग गरेको निबेदनमा आरोप लगाईएको छ ।
रेडक्रसको बिधानमा कुनै पार्टीमा कार्यकारी पदमा रहेको ब्यक्ति रेडक्रसको कार्यकारी पदमा बस्न नपाईने कुरा उल्लेख गर्दै मन्त्री भण्डारीले रेडक्रसको मुल्य, मान्यता तथा बिधान बिपरित रेडक्रस जस्तो संस्थाको पदमा बसेर पदको दुरुपयोग गरेको निबेदनमा उल्लेख गरिएको छ ।
यता नेपाल रेडक्रस सोसाईटी बैतडी शाखाका मन्त्री रमेश सिह भण्डारीले भने आफु माथि लगाईएका सबै आरोपहरु निराधार भएको बताउनुभयो । पार्टीको कार्यकारी भएर रेडक्रसको कार्यकारी पदमा बस्न नपाईने भन्ने बिषयमा उहाले आफु कुनै पार्टीको जिम्मेबार पदमा नरहेको जिकिर गर्नुभयो ।“ छानबिन भएर आफु दोषी साबित भए भने र बिधान बिपरित भए म रेडक्रस छोडदिन्छु ।” उँहाले भन्नुभयो ।