बैतडीः प्रयोगशालामा ६ जनाको कोरोना परीक्षण, ३ जनामा संक्रमण पुष्टि

असोज -१३ / बैतडीमा कोरोना सँक्रमितको सङख्या ६ सय ९ पुगेको छ । मंगलबार थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको सङख्या ६ सय ९ पुगेको हो ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा आज ६ जनाको परीक्षण गरिएकोमा ३ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारिदिनुभयो । उहाँका अनुसार मेलौली नगरपालिकाका २ जना र दशरथचन्द नगरपालिकाका १ जना गरी ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकाका वडा नं १ का २४ बर्षीय पुरुष , वडा नं ८ का ३० बर्षीय पुरुष र दशरथचन्द नगरपालिका वडा नं ९ का ३६ बर्षीय एक पुरुष रहेका छन । स्वास्थ्य कार्यालय  बैतडीले दिएको जानकारि अनुसार जिल्लामा २७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.