बैतडीः मैलौली नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि, नगरक्षेत्र सिल

अत्यावश्यक बाहेकका सेवा बन्द

असोज- १३ बैतडीको मैलौलि नगरपालिकाका एक जना कर्मचारिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालमा भएको कोरोना परीक्षणमा नगरपालिकाकका गाडी चालक र एकजना भारतबाट फर्किएका नागरिकमा  कोराना संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारिदिनुभएको छ ।

संक्रमित व्यक्ती आइसोलेसनमा रहेका बताउँदै उहाँले सम्पर्कमा रहेका अन्य नागरिकहरुको पनि स्वाँब संकलन गरेर कोरोना परीक्षण गरिने बताउनुभएको छ । यस्तैे गाडि चालकमा कोरोना पुष्टि भएपछि नगरपालिकाले सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख कृष्ण सिहँ नायकको अध्यक्षतामा बसेको आक्समित बैठकले मंगलबार बाट असोज १७ गते राति १२ बजे सम्मका लागि अत्याआश्यक बाँहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम दत्त भट्टले जानकारिदिनुभएको छ । संक्रमण नफैलियाेश भन्दै  नगरपालिकाले  नागरीकहरूकाे जीवन रक्षाका लागि नगरक्षेत्र सिल सिल गरेकाे उहाँले बताउनुभएको छ। Image may contain: text

सम्बन्धित

Leave A Reply

Your email address will not be published.