यो बजेटलाई बिस्वास गर्ने आधार छैन, झुटको पुलिन्दा हो : सांसद भण्डारी

नरेश जोशी, बैतडी । नेकपा एमालेका सांसद दामोदर भण्डारीले आर्थिक वर्ष २०७९÷८० को बजेटलाई बिस्वास गर्ने कुनै आधार नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमाथिको छलफलमा भाग लिदै नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहनुभएका सांसद भण्डारीले यो बजेटमा बिस्वास गर्ने आधार नभएको बताएका हुन् ।

साथै उँहाले पाँच महिना आयु भएको गठबन्धन सरकारले पाँच बर्षमा यो गर्छु त्यो गर्छु भन्दै हिडेको समेत बताउनुभयो । उँहाले भन्नुभयोे ,‘यो बजेटमा बिस्वास गर्ने आधार छैन । यो मात्र झुटको पुलिन्दा हो ।’

उँहाले थप्नुभयो ‘ यो बजेटले न बिद्यार्थिलाई सम्बोधन गरेको छ , न दलितलाई सम्बोधन गरेको छ । यो बजेटले मात्र कालो बजारी गर्ने व्यापारीलाई मात्र सम्बोधन गरेको छ । ’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.