बैतडीः पञ्चेश्वरमा कर्मचारी तदर्थ समिति गठन, अध्यक्षमा गोबिन्द ऐर
बैतडी–असोज १३ / बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानिय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ । गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपेश कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले ३३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको अध्यक्षमा पञ्चेश्वर गाउँपालिकाका लेखा प्रमुख गोबिन्द सिँह ऐर, उपाध्यक्षमा पुनम भट्ट, सचिबमा तेज प्रकाश उपाध्याय, सहसचिबमा नारायण राम सार्की र कोषाध्यक्षमा रमेश भट्ट चयन भएका छन । लेखा प्रमुख ऐरलाई सर्बसम्मत कर्मचारीको भेलाले अध्यक्ष चयन गरेको हो ।
समितिले गाउँपालिकामा कार्यरत कर्मचारीहरुको हकहितका लागी काम गर्ने बताईएको छ ।