बैतडीः २८ वर्षदेखि कार्यरत शिक्षकको  विदाइ 

बैतडी–असोज १२/  बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को जनचेतना आधारभुत विद्यालयले शिक्षक विदाइ कार्यक्रम सम्पन्न गरेको छ । विगत २८ वर्षदेखी विद्यालयमा कार्यरत शिक्षक गोपाल सिहँ रावत उमेर हदले अनिवार्य अवकासमा परेसँगै सोमबार एक  औपचारिक कार्यक्रमका साथ विदाइ गरिएको शिक्षक भरत देव भट्टले  जानकारिदिनुभएको छ । विगत लामो समयदेखि प्राथमिक तहमा अध्यापन गराउँदै आउनुभएका ६० वर्षिय शिक्षक रावतलाई  अबिर र फूलमाला  लगाएर  विदाई गरिएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक सिहँ बोहरको अध्यक्षता र शिक्षक अभिभाक  संघका अध्यक्ष बहादुर सिहँ बोहराको प्रमुख अतिथ्यतामा विदाइ कार्याक्रम सम्पन्न भएको  हो  । शिक्षक रावतले २८ वर्षे कार्यकालमा विद्यालयमा पु¥याएको योगदान अतुलनिय रहेको  बिद्यलाय ब्यबस्थापन समिति अध्यक्ष खडक सिह बोहराले उल्लेख गर्नु भयो ।  कोरोना कहरका कारण समाजिक दुरि कायम गरि सम्पन्न गरिएको विदाइ कार्यक्रममा शिक्षक, विद्यार्थि, अभिभावक लगायत अन्य  नागरिकहरुको  पनि सहभागिता रहेको  थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.