बैतडीः मोटरेबल पुल यथासिघ्र निमार्णको माग गर्दै ज्ञापन पत्र
बैतडी–असोज १२/ बैतडीको पाटन लोर्खा सकार कैलपाल सडकखण्ड अन्र्तगत सुर्नया गाडको त्रिपुरेश्वरमा निर्माणाधिन अबस्थामा रहेको मोटरेबल पुल यथाशिघ्र निमार्णको माग गर्दै सडक भिडिजिन कार्यालय पाटन र जिल्ला प्रशनसन कार्यालय बैतडीलाई ज्ञापन पत्र बुझाईएको छ । बिगत ६, ७ बर्ष अगाडी देखि अलपत्र अबस्थामा रहेको उक्त पुल निर्माणका माग गर्दै लोर्खा सकार कैलपाल त्रिपुरेश्वर मोटरेबल पुल निर्माण संघर्ष समितिले ज्ञापन बुझाएको समिति संयोजक हरि दत्त भट्टले जानकारी दिनुभयो ।
मोटरेबल पुल निर्माण नहुदा पाटन नगरपालिका १ र ७ का नागरिकहरुलाई पाटन नगरपालिका तथा स्थानिय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी ७, ८ घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको छ । सडक सञ्जाल बिस्तार भए पछि मोटरेबल पुलकै अभाबका कारण यातायातबाट बञ्चित हुनुपरेको स्थानियहरुको भनाई छ । आर्थिक बर्ष २०७१÷०७२ सालबाट निर्माण कार्य सुरु भएर २ बर्ष भित्र निर्माण गरीसक्नु पर्ने सम्झौता भएको भए पनि निर्माण कम्पनीले अहिलेसम्म पुल निर्माण नगरिदिदा समस्या भएको हो । लोर्खा सकार कैलपाल त्रिपुरेश्वर मोटरेबल पुल निर्माण संघर्ष समितिले ज्ञापन पत्र बुझाउदै पुल निर्माणका लागी पहल गरिदिन सडक डिभिजन कार्यालय पाटन र जिल्ला प्रशासन कार्यालय बैतडीलाई आग्रह गरेको छ ।
स्थानियहरुको हस्ताक्षर संकलन गर्दै संर्घष समितिले चालु आर्थिक बर्षको चैत मसान्त भित्रै पुल निर्माण सम्पन्न हुने गरी पहल गरीदिन आग्रह गरेका छन । साथै तोकिएको समयमा पुल निर्माण सम्पन्न नभएमा बिभिन्न संर्घषका कार्यक्रमहरु गर्ने पनी संघर्ष समितिले चेतावनी दिएको छ । माग सम्बोधन नभएमा सडक डिभिजन कार्यालय पाटन, नगरपालिकाको कार्यालय पाटन तथा जिल्ला प्रशासन कार्यालय बैतडीमा धर्ना दिने र सडक डिभिजन कार्यालय पाटनमा तालाबन्दी गर्ने चेतावनी दिएका छन । यस्तै दशरथचन्द राजमार्ग अन्र्तगत अनार खोलीमा सडक अबरुद्ध गर्ने पनी संर्घष समितिले चेतावनी दिएको छ ।