बैतडीमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ६ पुग्यो

आसोज- १२ / बैतडीका थप ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीरक्षणमा सोमबार थप ३ जनामा कोरोना देखिएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारिदिनु्भएको छ ।

सोमबार संक्रमण पुष्टि हुँनेमा पाटन नगरपालिकाका २ जना, र सुर्नया गाउँपालिकाका एक जना पुरुष रहेका छन । पाटन नगरपालिका वडा नं २ र ६ एक ÷एक जना पुरुषमा  कोरोना संक्रमण देखिएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिहँ महराले बताउनुभएको छ । संक्रमित दुवै जना भारतबाट आएका र अहिले पाटन प्राथमिक स्वास्थ्य केनद्रको आइसोलेसन वार्डमा रहेका छन । यस्तै सुर्नया गाउँपालिका वडा नं ४ का एजना पुरुषमा कोरोना संक्रमण पुष्टिभएको स्वास्थ्य संयोजक राम सिहँ महराले बताउनुभएको छ ।

उनिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । । जिल्ला अस्तालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ३३ जनाको कोरोना परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजिटिभ देखीएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि ठगुन्नाले बताउनुभएको छ । उहाँका अनुसार ३ जना नयाँ संक्रमितको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो भने एक जना संक्रमित महिलाको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको हो ।

सोमबार ३ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा कुल कोरोना संक्रमितको सङख्या ४ सय ६ पुगेको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले बताउनुभयो  । कोरोना संक्रमित ४ सय ६ मध्ये ३ सय ७७ जना डिस्चार्ज भएका छन भने एक जनाको मृत्यु भइसकेको छ

सम्बन्धित

Leave A Reply

Your email address will not be published.