नेकपा दशरथचन्द २ को सपथ ग्रहण कार्यक्रम सम्पन्न

असोज- ११/नेपाल कम्युनिष्ट पार्टी नेकपाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौ वार्ड कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

वार्ड कमिटि अध्यक्ष खडक बहादुर बोहराको अध्यक्षता तथा नेकपा केन्द्रिय सदस्य, संविधान सभा सदस्य एबंम बैतडी जिल्ला ईन्चार्ज नरेन्द्र कुवर “बिजय सुन्दर” को प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहण कार्यक्रममा बोल्नु हुँदै  इनचार्ज नरेन्द्र कुवरले जनताको सहयोगले नेकपामा जनलहर बढेकाले विकास र समृद्धीका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ।

 यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेकपा सुदुरपश्चिम प्रदेश कमिटि सदस्यहरु प्रमानन्द भट्ट र पुस्कर राज जोशी “लख्खाभाई” रहनुभएको थियो ।कार्यक्रममा वडा कमिटि भित्रका २९ जना सदस्यहरुले पार्टीको बिधि, पद्धतीमा चल्ने र पार्टीको हित बिपरित कुनै पनी काम नगर्ने भन्दै सपथ ग्रहण गरेका छन ।

कार्यक्रममा वार्ड कमिटि अध्यक्ष खडक बहादुर बोहराले नेकपा २ नम्बर बार्ड कमिटिले अहिलेसम्म गरेको गतिबिधिहरुको प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको छ ।सपथ ग्रहण कार्यक्रममा दशरथचन्द नगरपालिका नगरकमिटि ईन्चार्ज बाशुदेब भट्ट, नेकपा बैतडी जिल्ला कमिटि सचिवालय सदस्य सरस्वती नेपाली र अन्य नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.