लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा, सुधारवादी सरकार गठनको प्रयास विफल
असोज ११, काठमाण्डौ – लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबले राजीनामाको घोषणा गर्नुभएको छ ।
सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले आफ्नो प्रयास विफल भएपछि राजीनामाको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु’ अदीबले टेलिभिजन सम्बोधनमा भन्नुभएको छ । लेबनानको राजधानी बेरुत शहरको बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १ सय ९० व्यक्तिको ज्यान गएको थियो । विस्फोटमा हजाराैँ व्यक्ति घाइते भएका थिए ।
अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो ।